Logo

बैंक अफ काठमाण्डू लिमिटेडद्धारा शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं, १९ असोज । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो बैंकले जनाएको छ।

बैंकद्धारा आज जारी गरिएको विज्ञप्तीमा भनिएको छ,”उक्त प्रस्तावलाई श्री नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।”

 



प्रतिक्रिया दिनुहोस्