Logo

आज २०७७ असोज २० गते मंगलबारको राशिफल



आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज २० गते मंगलबार इश्वी सन २०२० अक्टोबर ६ तारिख अधिक आश्विन कृष्णपक्ष चतुर्थी तिथीपश्चात् पञ्चमी तिथी कृत्तिका नक्षत्र सिद्धि योग वालव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा गद योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु मंगल चतुर्थी व्रत (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्च गर्नुपर्ने सम्भाबना रहेको छ । वाणीका कारण सामान्य वादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोज÷भतेर जन्य कार्यमा सहभागिताको योग रहेको छ । सभा÷सम्मेलनमा सहभागिताको समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ योजनाका साथमा नयाँ कार्यको थालनी गर्ने उत्तम समय रहेको छ । पारिवारिक साथ र सहयोगमा ब्यापार ब्यवसायबाट मनग्य लाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अध्यनअध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । सीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मान–सम्मानमा आँच आउनसक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्यन–अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आयआर्जनका क्षेत्रमा मित्रजनहरुको साथ र सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहेनछ । बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दीर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट) भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ र सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभा÷सम्मेलनमा सरिक हुने अवसर प्राप्त रहनेछ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरुको साथ र सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चञ्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर व्यक्तिहरुद्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजतापूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सजग रहनुपर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुनसक्नेछ । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साझेदारीमा नयाँ कार्यको थालनी हुनसक्ने सम्भाबना रहेको छ । आम्दानीका विभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलाषिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिष्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथ र सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ति नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ति समय ब्यतित गर्नुपर्नेछ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यनअध्यापनका माध्यमबाट आम्दानीका निम्ति दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौद्धिक तथा बिशिष्ट व्यक्तिहरुको रायसल्लाहले नयाँ कार्यको प्रारम्भ हुनसक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेतापनि आफन्तजनहरुको साथ÷सहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहन शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानी अपनाउनु उत्तम रहनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनसक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाईसँग रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिष्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्