Logo

भारत र अमेरिकाका विदेशमन्त्री जापानमा भेट हुने



२० असोज: अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उनीहरू जापान जान लागेका हुन् । त्यसमा उनीहरूसँगै जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी भएका छन् ।

चीन र भारतबीचमा पछिल्लो समयमा फेरि सिमा विवाद भएपछि अमेरिका र भारतका विदेश मन्त्रीहरूको पहिलो पटक भेटवार्ता हुन लागेको हो ।

जापान रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिडे सुगा र जापानी विदेश मन्त्री टोशिमिट्सु मोटेगीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तापछि सकारात्मक उपलब्धी हुने उनले विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो यस पटकको भ्रमण निकै राम्रो हुन गइरहेको पत्रकारहरुसँग बताए ।-पीटीआई



प्रतिक्रिया दिनुहोस्