Logo

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमा मतदान शुरु



बुटवल, २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान शुरु भएको छ । प्रदेशसभाको बैठकमा अहिले मतदान शुरु भएको हो ।

मतदानको सबै प्रक्रियाबारे जानकारी दिएपछि सभामुखले मतदान शुरु भएको घोषणा गरेका हुन् । नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त हुने सम्भावना रहेको छ ।

८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले ह्वीप पनि जारी गरेकाले प्रस्तावको पक्षमा मत पुग्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्