Logo

‘भीष्मपितामह’ मुकेश खन्ना कपिल शर्मा शो मा नजानुको कारण



एजेन्सी, २० असोज । कपिल शर्मा शो कमेडी शो मा केहि दिन अगाडी एपिक धारावाहिक ‘महाभारत’ का पुरै टिम पुगे तर भीष्म पितामहको भुमिका निभाउने मुकेश खन्ना देखिएनन् । शो मा नीतीश भारद्वाज(श्रीकृष्ण), गजेन्द्र चौहान (युधिष्ठिर), फिरोज खान (अर्जुन), पुनीत इस्सर (दुर्र्योधन) र गुफी पटेल (शकुनी) पुगेका थिए ।

भारतीय समाचार अनुसार मुकेश खन्ना कपिल शर्मा शो को कन्सेप्टसँग खुशी थिएनन् । यसकारण उनले शो मा जान अस्विकार गरेका थिए । नवजात सिंह सिद्वु र अर्चना पुरण सिंह भएको शो लाई लिएर पनि प्रश्न उठेको थियो । मुकेश खन्नाले कपिल शर्मा शो लोकप्रिय भएपनि आफुलाई उक्त कार्यक्रम जस्तो वाहियात अरु नलाग्ने बताएका छन् । उनले शो मा अश्लिलता, पुरुष महिलाको कपडामा देखिएर घटिया हरकत गरेकोमा मानिसहरु पेट समातेर हास्ने बताए ।

मुकेश खन्नाले शो मा अरुण गोबिलले कपिललाई मजाकमा केहि प्रश्न गरेका थिए यसबाट पनि कति घटिया कार्यक्रम हो थाहा हुनेपनि बताए । उनले पुरै शो नहेरेर प्रोमो मात्र हेरेको जिकिर गरे ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्