Logo

झारफुक गर्नेबाट महिला बलात्कृत



काठमाडौं, २० असोज । जबरजस्ती करणी गरेको अभियोगमा झारफुक गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने जय बहादुर सुनार हुन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर खैरीचन्दनपुरका कन्चनपुर महाकाली घर भएका सुनार पक्राउ परेका हुन् । ती महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्