Logo

सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद ठगी



काभ्रेपलाञ्चोक, २० असोज । सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसेका श्रीखण्ड तामाङ, काठमाडौं बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका हर्क तामाङ, सोही नगरपालिका(५ बस्ने ४७ वर्षीय चैते भन्ने बुद्धि बहादुर तामाङ र सोही ठाउँका गोबिन्द तामाङ रहेका छन् ।

उनीहरुमध्ये श्रीखण्डलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाबाट, हर्कलाई उनकै डेराबाट, बुद्धि बहादुरलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका साँगा चोकबाट र गोबिन्दलाई चौतारा साँगाचोक गढी स्थित भिरकुनाबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुले नुवाकोट दुप्चेश्वरको कुटुमसाङका पुरुषलाई २०७७ असार २० गते फोन सम्पर्क गरी अमेरिकी डलर १७ हजार भेटाएको भन्दै सस्तो मुल्यमा दिने भन्दै प्रलोभनमा पारी अमेरिकी डलर भनिएको पोको दिई तत्काल पोको नखोल्नुस् अरुले देख्यौ वा प्रहरीले थाहा पाएमा अप्ठ्यारो पर्छ भन्दै ती पुरुषलाई अल्मल्याई उक्त रकम लिई फरार भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

उनीहरुमाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्