Logo

काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,  २० असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  १ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५  सय  ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार १७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११  हजार ४७  जनाको पिसीआर परिक्षणमा १५  सय ५१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  २३४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ६७  हजार ५  सय   ४२ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ७८३ जना र ललितपुरका ११८ जना र भक्तपुरका  ११६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ९० हजार ८ सय १४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्