Logo

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त



२० असोज: विश्वभरी फैलिएको कारोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ ।

अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् ।

विश्वभरी अहिलेसम्म कूल तीन करोड ५७ लाख ३० हजार ९६५ जना सङ्क्रमित भएका छन् । ती मध्ये दश लाख ४६ हजार ४८४ जनाको मृत्यु भएको छ ।

विश्वमा सबैभन्दा धेरै सङ्क्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ९०८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण कुल दुई लाख १५ हजार ३९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भारतमा रहेका छन् । जहाँ कुल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख तीन हजार छ सयको मृत्यु भएको छ ।

तेस्रो धेरै सङ्क्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौ धेरै सङ्क्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बीया रहेका छन् ।

त्यसैगरी स्पेन, पेरु, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका सङ्क्रमितहरुको संख्याका आधारमा अग्र दशमा पर्ने मुलुक हुन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्