Logo

हिरोको नयाँ मोटरसाइकल बजारमा



Reporters Club Nepal Logo

काठमाडौं, असोज २१ । हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई अब एक नयाँ अवतारमा पेश गरेको छ ।

अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु–उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ । जसको बजार मुल्य दुई लाख २० हजार रुपैयाँ कायम गरिएको छ । यो नयाँ मोटरसाइकल देशभर रहेका हिरो डिलरसिप कहाँ यही असोज २३ गतेबाट बिक्रीको लागि उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा हाल उपलब्ध भैरहेका हिरोका उत्पादनमा एक्सपल्स २००, एक्सपल्स २००टि, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरु र डेस्टिनि, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कूटरहरु रहका छन् ।

 



प्रतिक्रिया दिनुहोस्