काठमाडौं, असोज २१ । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।
उक्त प्रभावकै कारण हाल प्रदेश १, प्रदेश २ र बागमति प्रदेश मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जनाए अनुसार प्रदेश १ का एक दुर्ई स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने अनुमान गरिएको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्कादेखि मध्यम वर्षाकोसमेत सम्भावना बढ्दै गएको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।