Logo

डाक्टर केसीको जनमत एकदम बढेको छ : अधिवक्ता अर्याल (भिडिओसहित)



काठमाडौं, २१ असोज । अधिवक्ता तथा मानअधिकारकर्मी ओमप्रकाश अर्यालले शिक्षा सचिव गोपी मैनालीसँगको भेटमा अनशनरत डाक्टर गोविन्द केसीले वार्ता टोली गठन गर्नको लागि आग्रह गरेको जानकारी दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । डाक्टर केसीको जीवनप्रति भन्दा पनि नेकपाको सचिवालयप्रति जिम्मेवार देखिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सचिव पठाएका स्पष्ट पारेका छन् । अर्यालले अहिलेको अवस्थामा डाक्टर केसीको माग, अनशन र औचित्यता अझ पुष्टि भएको दाबी गरे । उनले डाक्टर केसीको जनमत एकदम बढेको पनि जिकिर गरे । डाक्टर केसीले गरेको त्याग कसैसँगपनि तुलना नहुने उनको भनाई छ । केसीको अभियानमा राजनीतिक उद्देश्य नभएको अर्यालले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्