Logo

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिममा छ, सावधानी अपनाऔं : डा. भोला रिजाल (भिडिओसहित)



काठमाडौं, २१ असोज । वरिष्ठ चिकित्सक डा. भोला रिजालले कोरोना जितेपछि आफू काममा फर्किएको तर हल्का थकान महशुस भएको सुनाए । तर, उनले आफूलाई अप्ठ्यारो भने केही पनि नभएको स्पष्ट पारेका छन् । डा. रिजालले काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्पष्ट पारेका छन् । उनले अहिलेपनि सबै जना सचेत हुनुपर्ने र सरकारले जारी गरेको निर्देशिका सबैले पालना गर्नुपर्नेमा जोड दिए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि राम्रो प्रयास गरेको सुनाए । सरकारको प्रयासलाई आफूले असफल नभन्ने रिजालको भनाई छ । प्रस्तुत छ रिजालसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्