Logo

चित्तल मारेर मोटरसाइकलमा बोक्दा…



बाँके, २० असोज । चित्तल मारेको अभियोगमा दुई जना पक्राउ परेका छन् । जंगली जनावर चित्तल मारेको अभियोगमा डुडुवा गाउँपालिका राप्ती पुलबाट करिब २६ किलो तौलको पोथी जातको चित्तल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिकाकासामेल रोका र नेपालगंजका अञ्जन हमाल रहेका छन् ।

अस्थाई प्रहरी पोष्‍ट फत्तेपुर ’ख’ बाँकेबाट खटिएको प्रहरीले राप्तीसोनारी गाउँपालिका कुण्डा चोकमा फत्तेपुरबाट नेपालगंजतर्फ आउँदै गरेको भे.८ प ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकल नरोकी नेपालगंजतर्फ फरार भएपश्चात जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उक्त पुलमा मोटरसाइकल नियन्त्रणमा लिई जाँच गर्दा घाँटी काटेर बोरामा राखेको अवस्थामा चित्तल फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्