Logo

किशोरी बलात्कृत



काठमाडौं, २१ असोज । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका डाडाँजाइर्का सनिदेवल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

यसैगरी सुनसरीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान बस्ने बिकास मण्डललाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको थिए । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्