Logo

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा शाखा विस्तार



काठमाडौं, असोज २२ । नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा शाखा विस्तार गरेको छ ।

उक्त शाखाको उद्उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाशचन्द्र घिमिरेले गरेको बैंकले जनाएको छ। विस्तारित शाखाबाट वित्तीयपहुँच र साक्षरतामा सहयोग पुग्ने बैंकको विश्वास छ ।

हाल बैंकले ८३ शाखा, एक सय २५ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट बैकिङ सेवा दिदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्