Logo

डाक्टर केसीको जीवनरक्षाको लागि देश ठप्प पार्ने चिकित्सक संघका अध्यक्ष डा. कार्कीको घोषणा (भिडिओसहित)



काठमाडौं, २२ असोज । नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. लोचन कार्कीले डाक्टर गोविन्द केसी आमरण अनशनमा बसेको आज २३औं दिन भैसक्दापनि सरकारले वार्ताको लागि कुनै टोली नबनाएकोमा आपत्ति जनाउँदै एशोशिएसनले देशभरि आन्दोलन घोषणा गरेको जनाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कोभिड–१९ का विरामीलाई उपचार गर्ने बेला भएपनि नेपाल चिकित्सक संघका आजीवन सदस्य डाक्टर केसी आमरण अनशन बस्दा राज्यले सुनेरपनि नसुनेको जस्तो गरेको गुनासो पोखे । डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्