Logo

सुनको मुल्य प्रतितोला २ सयले घट्यो



काठमाडौ, २२ असोज । बिहीवार पनि सुनको मुल्य घटेको छ । आज तोलामा २०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्रि भएको थियो । केहि दिन यता सुनचाँदीको मुल्यमा उतार चढाव देखिएको छ ।

त्यस्तै चाँदीको मुल्य भने बिहीवार सामान्य बृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्