Logo

हातहतियार सहित पक्राउ



स्याङजा, २२ असोज । विभिन्न हातहतियार सहित सुजन गुरुङ मंगलबार पक्राउ परेका छन् । पुतलीबजार काउले सिमलबोटका थमन गुरूङ र सोही नगरपालिका काउले किराखोरका गुरूङलाई विभिन्न हतियार सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुसँग अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरूवा बन्दुकको नाल व्यारलको भाग, १ सय ४५ ग्राम बारूद, ११ वटा टिनको स–साना पाता, ५ थान केप, १ सय ५६ वटा स-साना काचो सिसा र सुजनको घरबाट १ थान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको बताएको छ ।

उनीहरुमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा बुधबार जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय स्याङजाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्