Logo

जुवाडे रङ्गेहात पक्राउ



कैलाली, २२ असोज । तास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका स्थित रोहन ढकालको घरमा तास खेलिरहेको अवस्थामा नगद ३२ हजार ५ सय ५० रुपैयाँ र एक गड्डी तास सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिकाका विष्णु केसी, सोही ठाउँ बस्ने शेर बहादुर रावल, खड्क पुन, हर्क पुन र डिल्ली प्रसाद जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्