काठमाडौं, असोज २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताए ।
यस खतराले मानवता प्रकृतिविरुद्धको गलत दौडको पक्षमा उभिने अर्को खतरा बढेको प्रधानमन्त्रीको भनाई छ। अरूको निस्क्रियताको भार नेपालजस्तो देशले बोक्नुपरेको उनले उल्लेख गरको आजको गोरखापत्र दैनिकमा खवर छ ।