Logo

कुटपिट गरी घाइते बनाउने ४ जना पक्राउ



सुनसरी, २३ असोज । कुटपिट गरी घाइते बनाएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ईटहरी स्थित पानी फ्याक्ट्री काम गर्ने पुरुषलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ईटहरीका प्रधुमन चौधरी, सोही ठाउँका रामजी चौधरी, प्रज्वल राई र दिनेश सरदार रहेका छन् । फ्याक्ट्रीबाट साइकलमा घरतर्फ जाँदै गरेका ती पुरुषलाई उनीहरुले कुटपिट गरी घाइते बनाएका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्