Logo

पल, एलिजा, दुर्गेश र सुधिर अभिनित ‘किन यस्तो भो’ गीतको भिडिओ सार्वजनिक, ऋषि धमलाको शानदार ‘ईन्ट्री’ (भिडिओसहित)



काठमाडौं, २३ असोज । चर्चित नायक पल शाह, नायिका एलिजा गौतम, दुर्गेश थापा र अहिलेका चलेका मोडल सुधिर श्रेष्ठ अभिनित ‘किन यस्तो भो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । शुभ मिडियाको प्रस्तुति रहेको उक्त गीत सरोज ओलीको रचना हो । दीपक शर्माको संगति रहेको गीतमा दुर्गेश थापा, डेभिड शंकर र बेनिशा पौडेलको स्वर रहेको छ ।

भूपेन्द्र अधिकारीको सम्पादन, नवराज उप्रेतीको छायाँकन र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको छायाँकन त्रिपुरेश्वरस्थितु दशरथ रंगशालामा गरिएको हो । भिडिओको निर्देशनपनि सरोज ओलीकै छ । गीतको अन्त्यतिर चर्चित पत्रकार ऋषि धमलाको पनि अपिरिएन्स देख्न सकिन्छ । भिडिओमा पूर्व राष्ट्रिय फुटबलर हरि खड्का कोचको भूमिका देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्