Logo

अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध



२४ असोज: अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो ।

राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउदै आएका छन् । राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो ।

राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो । यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो । सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उहाँले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए ।

उनले आफू राष्ट्रपतीय बहसका लागि अनिश्छुक रहेपनि चुनावी ¥यालीका लागि भने तयार रहेको शुक्रबार बताएका थिए ।गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका ट्रम्पले एक हप्ता नहुदै उनले आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले ¥यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् ।

उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख दश हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौ सङ्क्रमित भएका छन् ।

राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएका थिए भने सोमबार निवास फर्केका थिए । निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अव सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने बताएका छन् ।

उनका फिजिसियन नाभी सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन् ।स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफु सहभागी हुन चाहेको बताएका थिए ।

टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उनले आफु कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थए । सोही अन्तरवार्तामा दोस्रो राष्ट्रपतीय बहसमा भने आफु सहभागी हुन नचाहेको उनले बताएका थिए । उनीहरुबीचको तेस्रो राष्ट्रपतीय बहस भने यही अक्टोबर २२ तारिखका लागि तय गरिएको छ । त्यसका बारेमा भने अहिलेसम्म अन्यौलता नै रहेको छ ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन् ।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ ।-एपी



प्रतिक्रिया दिनुहोस्