Logo

पत्रकार धमला सम्मानित, मनोहरा सरसफाई अभियानको १ सय ८६औं हप्ता पूरा



काठमाडौं, २४ असोज । काठमाडौं मनोहरा सरसफाई अभियानको १ सय ८६औं हप्ता पूरा भएको छ । ‘स्वाच्छता मेरो पछिचान, सफाइमा मेरो योगदान, स्वच्छ सफा हराभरा मनोहरा’ भन्ने नाराकासाथ सरसफाइ अभियान चलिरहेको छ । काठमाडौंस्थित् बालकुमारीमा आज भएको कार्यक्रममा सहभागीहरुले अहिलेसम्मको अभियान सफल भएको र अब झन उत्साहका साथ सरसफाइ अभियानमा लाग्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नागरिकको दायित्वसंग जोडिएका सबै बिषयमा सञ्चारमाध्यमाबाट राष्ट्रिय एजेन्डाको रुपमा अघि बढाउने धारणा राखे ।

धमलाले कोरोना संक्रमणबाट देश आक्रान्त बनिरहेका बेला यस्लाई नियन्त्रण गर्न नागरिकको ठूलो भुमिका रहने भएकोले सबैले स्वास्थ्यको मापदण्ड पालना गर्न धमलाले सुझाव दिए । कार्यक्रममा अभियानका अध्यक्ष चन्द्र दंगालले मनोहरालाई सधै स्वच्छ सफा र हराभरा बनाउने उदेस्यले आफुहरु अघि बढेको बताए ।

त्यस्तै, अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघसंस्था तथा स्थानीयवासी गरी सैयौको संख्यामा सहभागी छन् । कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष धमलासहित २ दर्जन बढि अभियान्ता लाई सम्मान गरिएको थियो । PHOTO BY: Amrti Khatiwada



प्रतिक्रिया दिनुहोस्