काठमाडौं, २४ असोज । आज काठमाडौंको माईतीघरमा बलात्कार तथा यौन हिंसाका घट्नाको विरोधमा युवायुवतीले प्लेकार्डसहित प्रदर्शन गरेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार प्रदर्शनमा उत्रिएका युवायुवतीहरुले शान्तिपूर्ण विरोध गरेका थिए । उनीहरुले बोकेका प्लेकार्डमा ‘सरकार भेटियो न्याय भेटिएन, बलात्कारीलाई फासी दे, सरकारले हाम्रो कुरा सन्नै पर्छ, बलात्कारीले सजाय पाउनै पर्छ’जस्ता नारा लेखिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम