Logo

गुणस्तरीहीन स्यानिटाइजर बजारमा



काठमाडौं, २५ असोज । नेपाल सरकारले हाल बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरणका लागि प्रयोग गरिने केही स्यानिटाइजर गुणस्तरहीन भएको जानकारी गराउँदै यसको प्रयोग नगर्न दैनिक अखबारहरुमा सार्वजनिक सुचनाजारी  गरेको छ ।

भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स ह्यान्ड एन्ड सँर्यमुखी नामका स्यानिटाइजर गुणस्तरहीन भएको सरकारले बताएको छ ।

औषधी व्यवस्था विभागका अनुसार चार कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागि हानिकारक पनि छन् । त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

नेपाल समाचारपत्रले चारवटै कम्पनीसँग सम्पर्क गरी उनीहरुको प्रतिक्रियालिने प्रयास गरेकोमा नेपालस्थित भारतीय कम्पनी आरएल कर्पका प्रमुख व्यवस्थापक सक्षम चौधरी मात्र उपलब्ध हुनुभएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्