Logo

बलात्कार गरी फरार पक्राउ



उदयपुर, २८ असोज । जबरजस्ती करणी गरेको अभियोगमा शम्सेर बहादुर क्याप्छाकी मगर पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका पावुका क्याप्छाकी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शम्सेरले ती महिलालाई असोज १६ गते राति जबरजस्ती करणी गरी फरार भएका थिए । ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्