Logo

भारतले कहिले ल्याउला कोरोनाविरुद्वको भ्याक्सिन?



एजेन्सी, २६ असोज । विश्वभर कोरोना भाइरसविरुद्वको भ्याक्सिनको व्यग्र प्रतिक्षा रहेको छ । कोरोना भाइरसले मानिसहरुमा शारीरिक र मानसिक तनाव थपिदिएको छ । संक्रमणले तीव्र रुप लिइरहेको बेला कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्माण गर्ने दौडमा करिब एक सय ७० भ्याक्सिन अग्रसर देखिएको छ । तर, भारतले निर्माण गरेको ‘कोभ्याक्सिन’ केही समय भित्रै बजारमा आउने भएको देखिन्छ ।

सामान्यतया कुनै पनि भ्याक्सिन विकासमा अत्याधिक समय लाग्ने गर्दछ । तर, कोरोना भाइरसको महामारीलाई छिटो परास्त गर्न औषधी कम्पनी र वैज्ञाकिहरु निरन्तर लागि परेका छन् । भारतका कम्पनि पनि भ्याक्सिनको विकासमा सक्रिय छन् । अगामी चार देखि पाँच महिना भित्र कोरोनाको भ्याक्सिन बचारमा आउने प्रतिबद्वता भारत वायोटेकले लिएको छ ।

कोरोना भाइरसविरुद्व लड्न कोभ्याक्सिनलाई प्रभावकारी मानिएको छ । भारत बायोटेक र इन्डियन कायन्सिल अफ मेडिकल रिसर्चको संयुक्त साझेदारीमा भ्याक्सिन विकास भइरहेको छ । उक्त भ्याक्सिनले दोस्रो चरणको परिक्षण सम्पन्न गरिसकेको छ । कम्पनीले ड्रग रेगुलेटरसित तेस्रो परिक्षणको मान्यता कु्रिरहेको जनाइएको छ । दोस्रो चरणको परिक्षण सुरक्षीत र प्रभावकारी देखिएपछि तेस्रो चरणमा परिक्षण लैजाने तयारी भइरहेको जनाइएको छ । जनावरमा गरिएको परिक्षण साकारात्मक देखिएको छ । कोभ्याक्सिनले मानिसको प्रतिरक्षा प्रणाmीलाई थप बल पुर्याउने गर्दछ ।

भ्याक्सिनलाई भारतको १२ वटा अस्पतालमा रहेका १८ देखि ५५ वर्षीय स्वयं सेवकहरुमा परिक्षण गरिएको थियो ।

भ्याक्सिन पछाडिको विज्ञान

कोभ्याक्सिन निष्क्रिय भ्याक्सिनको रुपमा रहेको जनाइएको छ । अथार्थ भ्याक्सिनले भाइरसको प्याथोजेनलाई निष्कृय पार्न प्रभावकारी भुमिका खेल्ने छ । भ्याक्सिनले संक्रमणलाई न्युन गर्न मद्दत पुर्याउने छ । कोभ्याक्सिनलाई अलहाईड्रोक्सीकयुम सित दिने भनिएको छ । यसले संक्रमितको शरीरमा प्रतिरक्षा प्रणालीलाई विकास गर्ने र क्षमता अविवृद्वि गर्ने जनाइएको छ । तेस्रो परिक्षणमा भारत वायोटेकले १८ वर्ष भन्दामाथिको स्वयः सेवकमाथि प्रयोग गरिनेछ । परिक्षणमा २८ हजार पाँच सय स्वयः सेवक भाग लिने भएका छन् । परिक्षण भारतको दस राज्यमा हुने बताइएको छ ।

परिक्षण सफल भएमा भारत वायोटेकले ३० करोड भ्याक्सिन निर्माण गर्ने प्रतिबद्वता लिएको छ । भारत विश्वकै सर्वाधिक भ्याक्सिन उत्पादन गर्ने देश रहेको छ । यसले कोरोना भाइरसविरुद्व लड्न निकै मद्दत पुर्याउने भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्