Logo

ट्रम्प कोरोना भाइरसको संक्रमण मुक्त, चुनावी अभियानमा सहभागी



एजेन्सी, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी अभियानमा सहभागी भएका छन् । कोरोना भाइरसको संक्रमणमुक्त भएपछि ट्रम्प फ्लोरिडाको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

ट्रम्पको चुनावी अभियानमा हजारौं सहभागी भएका थिए । ट्रम्पले नोभेम्बर ३ मा जोय बिडेनसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । दोस्रो कार्यकालका लागि ट्रम्पले बिडेनको कडा चुनौतीका सामना गर्नुपर्ने हुनसक्छ ।

यसअघि ट्रम्प कोरोना भाइरसको संक्रमणका कारण केही दिन अस्पताल भर्ना भएका थिए । अस्पतालबाट उनी कारको यात्रामा समेत निस्किए । संक्रमणमुक्त नभई ह्वाइट हाउस फर्किएका थिए ।-फाइल तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्