Logo

जोन्सन एण्ड जोन्सनद्वारा निर्मित कोरोना भ्याक्सिनको परिक्षण स्थगित



एजेन्सी, २७ असोज । जोन्सन एण्ड जोन्सनद्वारा विकास भइरहेको भ्यासिक्सनको परिक्षण स्थगित भएको छ । परिक्षण गर्ने क्रममा स्वयः सेवक विरामी भएको कारण कम्पनीले आफ्नो परिक्षणलाई केही समयका लागि स्थगित गरेको हो ।

उक्त विषयको जानकारी कम्पनीले सोमबार दिएको हो । महामारीको संक्रमण अत्यधिक देखिएका कारण परिक्षणलाई तिव्रता दिइएको थियो । तर, परिक्षण प्रभावकारी नभएको कारण केही समय परिक्षण स्थगित गर्ने निर्णय गरेको छ । त्यसैगरी एस्ट्रजेनेकाले समेत सेप्टेम्बरमा आफ्नो अन्तिम चरणको परीक्षण स्थगित गरेको थियो ।

परीक्षणको क्रममा लाई वेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतले निरन्तरता दिन थालेको छ । तर, अमेरिकाले भने अझ आफ्नो परीक्षणलाई स्थगित गरेको छ । एस्ट्रजेनेकालाई पुनः परीक्षण गराउन एक साताको समय आवश्यक रहेको वैज्ञानिकले जनाएको छ ।

जोन्सन एण्ड जोन्सनले तयार पारेको भ्याक्सिनले मानिसको प्रतिरक्षा प्रणालीलाई अत्याधिक विकास गर्न सफल हुने दाबी गरिएको थियो । अन्तिम परीक्षणको क्रममा ६० हजार मानिसहरु सहभागी गराउने कम्पनिले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्