Logo

बलात्कार अभियोगमा पक्राउ



ओखलढुङगा, २७ असोज । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सनमान थापा पक्राउ परेका हुन् ।

चम्पादेवी गाउँपालिकाका थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।  किशोरीलाई जबरजस्ती करणी उद्योग गरेका थापालाई ईलाका प्रहरी कार्यालय बरुणेश्‍वर रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्