Logo

नक्कली डाक्टर बनेर विरामी जाँच गर्दा पक्राउ



पर्सा, २७ असोज । नक्कली डाक्टर बनी विरामी जाँच गरेको नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनीका तेली पक्राउ परेका हुन् ।

तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

उनीमाथि जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्