Logo

गौ हत्यामा प्रयोग भएको खुकुरी सहित पक्राउ



नुवाकोट, २८ असोज । गाई काटेको अभियोगमा दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बेलकोट गढी नगरपालिका सार्कीथोकबाट गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका कृष्ण सार्की र नेगले मिजार रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरुलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरी सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्