Logo

गाँजासहित पक्राउ



काठमाडौं, २८ असोज । अवैध लागूऔषध गाँजा सहित एक युवकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौतहटको कटहरिया पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित कटहरिया भसेढबाखोर टोलका २० वर्षीय सञ्जय दास पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । पोखरा महानगरपालिका तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित घान्द्रुकका प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्