Logo

राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो



काठमाडौ, २८ असोज । समता फाउन्डेशनले ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम प्रसारण भैरहेकोमा अभिनेता राजेश हमाल विवादमा मुछिएका छन् । हमालले कार्यक्रम प्रस्तोताका रुपमा समताबाट उत्पादित कार्यक्रममा सहभागिता जनाएपछि त्यसले कहाँबाट रकम पाएको छ भन्ने प्रश्नहरु उठेका छन् । कतिपयले यसमा धार्मिक उद्देश्य रहेको र हमाल पैसा पाउने भएपछि प्रस्तोता बनेको आरोप लगाए ।

यसैगरी, समता फाउन्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजेश हमालको फोटो र फाउन्डेशनको लोगोको दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको उसको भनाई रहेको छ । उक्त पोस्टर समता फाउन्डेशनले नबनाएको र त्यसमा सस्थाको कुनै संलग्नता नभएको पनि विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

सामाजिक न्यायको क्षेत्रमा अध्ययन अनुसन्धान तथा नीतिगत पैरवी गर्दै आइरहेको सामाजिक सस्था भएको पनि फाउन्डेसनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरको छ । दलित समुदायविरुद्ध भइरहेका श्रृंखलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदाय स्तरमा पनि संवादको सँस्कृति बढाउनका लागि समता फाउन्डेसनले ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम उत्पादन गरेको विज्ञप्तीमा बताइएको छ । फाउन्डेशनले यस कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिगं, क्षेत्रप्रति कुनै पनि प्रकारका पुर्वाग्रह नराखेको स्पष्ट पारेको छ ।

नेपाल सरकारको प्रचलित नीति–नियम र कानुन बमोजिम सस्थाले विभिन्न गतिविधिहरु संचालन गर्दै आएको जनाएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ सस्थाहरुको सहकार्य र सहयोगमा संचालन भएका परियोजना तथा कार्यक्रमहरु पारदर्शी ढंगले संचालन गर्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतासाथ बहन गर्दै आएको पनि समता फाउन्डेशनले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्