Logo

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित



काठमाडौं, २८ असोज । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० को स्वाप अनुपातमा प्राप्ति गर्ने भएको छ । अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर बापत इन्भेष्टमेण्ट बैंकको ३० कित्ता सेयर पाइने भएको छ । “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।

उक्त गाभ्ने प्रक्रिया सम्पन्न भएपछि इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । त्यस्तै, प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुने कम्पनीले जनाएको छ ।

इन्भेष्टमेण्ट बैंकले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्