Logo

दशैं/तिहारलाई लक्षित गरि सिजीको उपहार योजना बजारमा



काठमाडौं, २८ असोज । सिजीले दशैं/तिहारलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना सार्वजनिक गरेको छ । उपभोक्ताले सिजीको आफ्नो आधिकारीक वेभसाईट www.cginspiringlife.com/category/festiveoffers/ बाट बुकिङगरि खरिद गरेमा बम्परमा भाग्यशालि ३ जना विजेताहरुलाई सिजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा नगद छुट साथै सिजीकै अकर्षक स्पिकर प्राप्त गर्न सक्नेछन् । त्यसैगरि, साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनेछन् । डलबडोर रेफ्रीजेरेटरमा सिजीको प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउनेछन् ।

यसपालि सिजीले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसिमा भने निशुल्क जडानको व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्