Logo

स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ बजारमा



काठमाडौं, २८ असोज । हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको हो। ब्लेजमा १२५ सिसीको बिएस ६ इन्जिन जडान गरिएको छ। जसले ७ हजार ५ सय आरपिएममा १०.७ बिएपी पावर र ६ हजार आरपिएममा १०.६ एनएम टर्क जेनेरेट गर्छ। यसमा २४० मिलिमिटरको डिस्क ब्रेक दिइएको छ, जसकारण यसको ब्रेकिङ सिस्टम बलियो मान्न सकिन्छ।

त्यस्तै मोटरसाइकलको ह्याण्डलमा युएसभी चार्जर र साइड स्ट्याण्ड इन्डिकेटर पनि दिइएको छ। त्यसैगरी यसमा आई३एस (आईडल स्टार्ट–स्टप सिस्टम) टेक्नोलोजी समावेस छ। पर्फमेन्स र स्टाइलको कारण ग्ल्यामरलाई ग्राहकले धेरै रुचाएको हिरो मोटोकर्पका सेल्स र आफ्टर सेल्स डिपार्टमेन्ट हेड नविन चौहानले बताए। ग्ल्यामर ब्लेजको प्रतिकृया पनि निकै राम्रो आइरहेको उनले बताए। कम्पनीले भारतीय बजारमा यसको मूल्य ७२ हजार २ सय भारू निर्धारण गरेको छ। Photo Source: Times Now



प्रतिक्रिया दिनुहोस्