Logo

यूनियन लाईफ इन्स्योरेन्सले आफ्ना बिमितहरुको व्यतित बीमा लेखहरुमा शत प्रतिशत छुट दिने



काठमाडौं, २८ असोज । यूनियन लाईफ इन्स्योरेन्सले आफ्ना बिमितहरुको व्यतित बीमा लेखहरुमा शत प्रतिशत छुट दिने भएको छ । यूनियन लाईफबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा आवश्यक प्रकृया पुरा गरी असोज २८ देखि कात्तिक ३० गतेसम्ममा पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत प्रतिशत छुट प्रदान गरिएको घोषण गरेको कम्पनीले जनाएको छ । पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्