Logo

सालकको खपटा सहित पक्राउ



काठमाडौं, २९ असोज । संरक्षित वन्यजन्तु सालकको खपटा सहित तीन जना पक्राउ परेका छन् । भक्तपुर च्याम्हासिंहबाट ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप दोरम्वाका लाल तामाङ, सिन्धुली घर भएका कपिल बस्नेत र रामेछाप सुनापति घर भएका ज्ञान बहादुर तामाङ रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सालकको खपटा अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको बताएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्