Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, २९ असोज । अवैध लागूऔषध सहित ४० वर्षीय साह पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका स्थित सडकबाट १ सय एमएल लेखिएको ३० बोतल नियन्त्रित लागूऔषध डाइलेक्स डिसी सहित चन्द्र नारायण साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान प्रकृया अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै नेपालगंज गलबन्दी नाला नजिकबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके डुडुवा बेतहनीका अजय कुमार चौहान र चन्द्र प्रसाद चौहान रहेका छन् ।

प्रहरी चौकी तेलियनपुर बाँकेबाट खटिएको प्रहरीले बेतहनीबाट फुलटेग्रातर्फ आउँदै गरेको यूपी ४० एएल २२४६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकल चालक अजय र मोटरसाइकलमा सवार चन्द्रलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्