Logo

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति ३० वर्षपछि पक्राउ



बारा, २९ असोज । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई घटनाको ३० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिम्रौनगढका श्यामकिशोर प्रसाद कुशवाहा घटनाको ३० वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत बाराको २०४७ असोज २८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

२०४४ भदौ १२ गते दिउँसो बारा साविक गोलागंज गाउँ पञ्चायत बस्ने जयमंगल प्रसाद कोइरीलाई सिम्रौनगढ बजारबाट घरतर्फ आउने क्रममा श्यामकिशोर समेतका व्यक्तिहरूले कटुवा बन्दुकबाट फायर गरी डर त्रास देखाई लगेकोमा अमृतगंज खजानीमा जयमंगलको भोलीपल्ट शव फेला परेको कर्तव्य ज्यान मुद्दामा अदालतले उक्त कैद सजाय ठहर गरेको थियो । श्यामकिशोरलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्