Logo

चितवनमा गम्भिर सङ्क्रमितको संख्या बढ्यो,आईसीयू बेड पाउन मुस्किल



चितवन, ३० असोज। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेकको छ । कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा ठूला अस्पतालमा आइसीयु शैया खाली नभएको आस्पतालले जनाएको छ । भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले अहिले कोरोनाका विरामीलाई आइसीयुको अलगै शैया राखेर उपचार गराउँदै आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नु भयो ‘अस्पतालले छुट्टाएको १० वटा आइसीयु शैया खाली छैन । अस्पतालमा भर्ना भएर बसेका कोरोना संक्रमितलाई जटिल भएमा आइसियु चाहिले कठिन हुने भएको छ ।’ अस्पतालमा रहेकको आइसीयु मध्य १० वटा कोरोनालाई छुट्टाएका छौ अहिलेसम्म शैया खाली हुन पाएको छैन ।
अन्य समयमा भन्दा अहिले संक्रमित भएर आएकाहरुमा जटिल समस्या देखिने क्रम वढ्दो छ । त्यो अवस्थामा आइसियु भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । उहाँका अनुसार अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमितको उपचार भइराखेको छ । ती मध्य १० जना आइसीयुमा रहेका छन् ।

कोरोना संक्रमितको उपचार गराउदै आएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले भन्नु भयो ‘संक्रमित मध्य सातजनाको अवस्था गम्भिर छ ।’ ती विरामीको भेन्टिलेटरमा राखेर उपचार गरेका छौ । ती बाहेक अन्य विरामीपनि आइसीयुमा उपचाररत छन् । केही महिना यता उपचार गर्न आएकका कोरोना संक्रमित मध्य आइसियु, भेन्टिलेटरमा राख्नु पर्ने सख्या वृद्धि हुन थालेको छ ।

उहाँका अनुसार कोभिड १९ कोरोनाका विरामीलाई मात्रै राख्न भनेर २९ वटा शैया छुट्टाइएको छ । ती सबैमा विरामी भर्ना भएको उहाले जानकारी दिनुभयो ।
विरामीको चाप वृद्धि भएपछि आइसियुमा राख्नको लागि ठाउँ नभएपछि एचडीयुको व्यवस्था गरेको डाक्टर लम्सालले जानकारी दिनुभयो । अस्पतालमा अहिले ४४ शैयाको एचडीयुको व्यवस्था गरेको छ । अस्तालको आइसोलेसन खाली हुदै जाने तर आइसीयु र भेन्टिलेटर भरिने अवस्था आएको अस्पतालले जनाएको छ ।
२२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ ।

आईसीयू बेड कम हुने तर संक्रमित भने गम्भीर प्रकृतिका आउन थाल्दा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पोडेल बताउनु हुन्छ । यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्