Logo

गण्डकीमा बिहीबार अहिलेसम्मकै धेरै सङ्क्रमित पुष्टि



पोखरा, ३० असोज । गण्डकी प्रदेशमा एकै दिन १६९ जनामा कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा बिहीबार भएका सङ्क्रमित अहिलेसम्मको सबैभन्दा धेरै हो । गण्डकी स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चैत १५ गते पहिलो सङ्क्रमित पुष्टि भएको गण्डकीमा जेठ तेस्रो हप्तापछि दैनिक सङ्क्रमित पुष्टि हुन थालेका थिए ।
गण्डकी प्रदेशमा सरदर दुई अङ्कमा सङ्क्रमित पुष्टि हुने गरेकोमा पछिल्लो समय तीन अङ्कमा सङ्क्रमित हुन थालेका छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माकाअनुसार बिहीबार पूर्वी नवलपरासीका ५८, बागलुङका ५१, कास्कीका ३५, तनहुँका ११, गोरखाका सात र लमजुङका तीन जना गरी १६९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । यस अगाडि असोज १८ गते १५९, असोज २५ गते १५४, असोज २७ गते १२९, २६ गते १२६, २३ गते ११९, असार ६ गते १०८, असार ९ गते १०४, असोज ११ गते १०४ र असोज १ गते १०२ जनामा सङ्क्रमण भएको थियो ।

गण्डकी प्रदेशमा सङ्कलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा रहेको प्रयोगशालमा परीक्षण गरिएको थियो । हालसम्म पाँच हजार ३५६ जना सङ्क्रमित पुष्टी भएको गण्डकीमा ४७ जनाको मृत्यु र तीन हजार ४७० जना निको भई घर फिर्ता भइसकेका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लामा एक हजार ४३९ जनामा सङ्क्रमण देखिएकोमा १४ जनाको मृत्यु, ७१२ जना निको भई ७१३ जना आइसोलेसनमा, पूर्वी नवलपरासीका एक हजार २३५ जनामा सङ्क्रमण देखिएकोमा नौ जनाको मृत्यु, ७९८ जना निको भई ४२८ जना आइसोलेसनमा, तनहुँका ६१३ जनामा सङ्क्रमण देखिएकोमा नौ जनाको मृत्यु, ४११ जना निको भई १९३ जना आइसोलेसनमा रहेका छन् ।

यस्तै बागलुङ जिल्लामा ५८३ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जनाको मृत्यु, ३८८ जना निको भई १९३ जना आइसोलेसनमा, स्याङ्जा जिल्लामा ४४६ जनामा सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु, ३९६ जना निको भई ४५ जना आइसोलेसनमा, लमजुङमा ४७९ जनामा सङ्क्रमण पुष्टी भएकोमा एक जनाको मृत्यु, ३७५ जना निको भई १०३ जना आइसोलेसनमा, गोरखामा ३४९ जनामा सङ्क्रमण पुष्टी भएकोमा सात जनाको मृत्यु, २१३ जना निको भई १२९ जना आइसोलेसनमा, पर्वतमा १२९ जना सङ्क्रमण पुष्टि भएकोमा १२० जना निको भई नौ जना आइसोलेसनमा, म्याग्दीमा ७० जनामा सङ्क्रमण पुष्टि भएकोमा एक जनाको मृत्यु, ५२ जना निको भई १७ जना आइसोलेसनमा, मनाङमा नौ जना सङ्क्रमण पुष्टी भएकोमा चार जना निको भई पाँच जना आइसोलेसनमा र मुस्ताङमा सङ्क्रमण पुष्टि भएका एक जना निको भई सक्रिय सङ्क्रमित शुन्य रहेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्