काठमाडौं, ३० असोज । आज श्री शाके १९४२ बि।स।२०७७ साल असोज ३० गते शुक्रबार इश्वी सन २०२० अक्टोबर १६ तारीख अधिक आश्विन कृष्णपक्ष औंसी तिथी हस्ता नक्षत्र ऐन्द्र योग चतुष्पद करण चन्द्रंमा कन्या राशिमा आनन्दादि योगमा अमुत योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु दर्शश्राद्ध , हलो तथा निशि बार्ने औंसी अधिकमास समाप्ति ,अपुप दान समाप्ति, मत्स्यनारायण मेला समापन आश्विन मसान्त, बिश्व खाद्य दिवस ९ज्यो।प।सरोज घिमिरे०
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो. अ):अधुरा कार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानी उठाउन उत्तम समय रहेको छ । प्रतिष्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश÷बिदेशको यात्राको सम्भाबना रहेको छ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरिरहेको कार्य परिवर्तनको सम्भावना रहेको छ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ । आँट र साहसको कमी भएको महसुस रहनेछ । आम्दानिको तुलनामा अधिक खर्च हुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ । भूमि तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नुपर्ने समय रहेकोछ । सामाजिक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेको छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन । इष्टमित्रजनहरुको साथ÷सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जनमूलक यात्राको योग रहेको छ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ ।
सिंह राशि ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० बोलीको प्रभावको कारण मान्यजनको साथ पाईनेछ । खानपानको कारण स्वास्थयसम्बन्धी सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको साथ र सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।
कन्या राशि ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० पारीवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्रोत र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रापश्चात कार्य सिद्यि हुनसक्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा काट्नेहरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुनसक्छ । प्रेमी प्रेमिकाबीच मनमुटाब रहन सक्छ । व्यापार तथा व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागि लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ ।
धनु राशि ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारिवारिक साथ÷सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मकर राशि ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० मनोबिलासिताका सामान खरिद योग रहेको छ । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा बिशेष होस पुर्याउनुपर्ने समय रहेको छ । आफन्तजनबीच भेटघाट हुनसक्ने सम्भाबना रहेको छ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।
कुम्भ राशि ९गु, गे, गो, सा, सि, सु, से, सो, द० स्वास्थ्यसम्बन्धी समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका व्यक्तिबाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलीको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।
मिन राशि ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार तथा व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरिद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।