Logo

मेगा बैंकको लिलामी शेयरको कट अफ प्राइस तोकियो



काठमाडौँ, ३० असोज। मेगा बैंक नेपालले लिलामीमा ल्याएको शेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजानिक भएको छ। बिहीबार खुलेको बोलकबोलमा संस्थापक शेयरको प्रारम्भिक कटअफ मूल्य १०८ रुपैयाँ कायम भएको छ। त्यसैगरी, सर्वसाधारण शेयरको प्रारम्भिक कट अफ मूल्य २१२ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार रद्ध हुने आवेदनको तथ्यांक अझै रुजु भईसकेको छैन। सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने क्यापिटलले जनाएको छ।

बैंकले बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेको शेयर असोज ११ गतेदेखि १८ गतेसम्म लिलामी बिक्री खुला गरेको थियो।

बिहीबार दोस्रो बजारमा बैंकको साधारण शेयर प्रतिकित्ता २३० रुपैंयामा र संस्थापक शेयर १२६ रुपैयाँ अन्तिम कारोबार भएको थियो।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्