Logo

नागरिकताको सिफारिस बनाउन वडा अध्यक्षले घुस मागेपछि…



काठमाडौं, ३० असोज । जनकपुरधामका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियारमाथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । जनकपुरधाम उप–महानगरपालिका–१३ नं.वडा कार्यालयका कार्यालय सहयोगी पंजियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग २४ हजार घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा वडा कार्यालयका वडा अध्यक्ष मण्डल र कार्यालय सहयोगी पंजियारले मिलेमतो गरी सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडा अध्यक्ष मण्डलले भनेअनुसार पंजियारले २४ हजार घुस रकम लिएको पुष्टि भएको थियो ।

उनीहरु दुईजनामाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्