Logo

सामुदायिक वनका अध्यक्ष अख्तियारको नियन्त्रणमा



काठमाडौ, ३० असोज । सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । सव–डिभिजन वन कार्यालय, तारानगरका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी आधारमा अख्तियारले अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ट्रयाक्टरका चालक सहित काठ बरामद गरेपछि काठको मुद्दा मिलाइदिन्छु भनि सोही कार्यालयका रेन्जर चौधरीलाई उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने धनगढी सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

रानालाई धनगढीस्थित पार्क मोडबाट असोज २९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्