Logo

महाभारतमा यी नारीका जबरजस्ती विवाह



महाभारतमा यस्ता घटना भएका छन्, जो कोही पनि भावुक हुन्छ । जस्तो धेरै कलिला अभिमन्युको छलपूर्वक हत्या गर्नु, द्रोणचार्य र कर्णको पनि छलपूर्वक हत्या भएको हो । तर यी त युद्धका घटना हुन् । युद्ध भन्दा अलग पनि यस्ता कहानी भएका छन् ।

महाभारतमा पाँच महिलाको इच्छा विपरित विवाह भएको छ । सत्यवती र द्रौपदीको विवाह परिस्थिति नै भिन्न थियो ।

१ काशीराजका तीन छोरीहरुको हरणः अम्बा, अम्बालिका र अम्बिका यी काशीका राजाका तीन छोरीहरु थिए । विचित्रवीर्य युवा भएपछि भीष्मले बलपूर्वक काशीराजका तीन छोरीहरुको हरण गरे र उनीहरुको विवाह विचित्रवीर्यसँग गर्न चाहन्थे । किनकि भीष्म चाहन्थे कुनै पनि तरिकाले आफ्नो पिता शान्तुनको कुल बढोस् ।

तर पछि ठुली राजकुमारी अम्बालाई छोडिदिएका थिए । किनकी उनले शालवराज चाान्थिन् । अरु दुई जना (अम्बालिका र अम्बिका)को विवाह विचित्रवीर्यको साथमा गरीदिए । अम्बालाई शालवराजले विवाह गर्न अस्विकार गरेपछि पुनः भीष्मको साथ आइन् तर भीष्मले पनि आफू ब्रमह्चारी रहने प्रतिज्ञामा बाँधिएकाले नगर्ने जवाफ दिए । फेरी अम्बा परशुरामको मा गइन् । परशुरामका भीष्म शिष्य थिए । अम्बाले शंकरको तपस्या गरेर प्राण त्यागिन् । भगवान शंकरले तिमी भीष्मको कारण बन्नेछौ भने र उनी शिखडीको रुपमा जन्म लिइन् ।

२. गान्धारीः गान्धारीले धृतराष्ट्रसँग खुशीले विवाह गरेकी थिइनन् । यसको कारण भीष्म थिए । अन्ध महाराज धृतराष्ट्रको लागि भीष्मले गान्धार नरेशको राजकुमारीको बलपूर्वक विवाह धृतराष्ट्रसँग गराएका थिए ।

३. भानुमतिः भानमति काम्बोजका राजा चन्द्रवर्माको छोरी थिइन् । भानुमति धेरै सुन्दर आकर्षक, बुद्धिमान र ताकतवर थिइन् । उनको सुन्दरता र शक्ति धेरै प्रसिद्ध थिए । भानुमतिको स्वयंवरमा शिशुपाल, जरासन्ध, रुक्मी, वक्र, कर्ण आदी राजाहरुको साथमा दुर्योधन पनि गएका थिए ।

भानुमतिले स्वयंवरको दिनमा हातमा माला लिएर आफ्ना दासी र अंगरक्षकको साथमा दरबारमा आइन् । र एक एक गरेर सबै राजाको नजिक पुगेर अगाडी बढिन् । उनी दुर्योधनको अगाडी पनि पुगिन् तर दुर्योधनले भानुमतिले माला आफुलाई लगादियोस् । र्दुभाग्यवश दुर्योधनलाई छाडेर भानुमति अगाडी बढीन् । दुर्योधन क्रोधित भएर भानुमतिको हातको माला तानेर आफैले आफ्नो गलामा लगाए । यस्तो दृश्य देखेर अन्य राजाहरुले तलवार निकाले । यस्तो स्थितिमा दुर्योधनले भानुमतिको हात समाते र महलको बाहिर ल्याएर सबै योद्धासँग भने, ‘कर्णलाई हराएर मसँग आउनु ।’

अर्थात सबै योद्धालाई कर्णसँग लड्न चुनौती दिए र कर्णसँग सबैजना हारे । यसरी दुर्योधनले भानुमतिसँग जबरजस्ती विवाह गरेका थिए । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्